२०८१,फागुन १९ गते
काठमाडौं। लगातार ९ दिन बढेको बजारमा आज भने करेक्सन देखिएको छ । आइतबार उच्च बढेको बजार आज दोहोरो अकंले घट्न पुगेको हो । लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा बजारमा घट्न पुगेको हो । आज पछिल्लो दुई दिनको भन्दा कारोबार रकम खुम्चिएको छ ।
आज नेप्से १३.६२ अकंले घटेर २८७६.६६ बिन्दुमा बन्द भएको छ । आज ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २८ करोडको सेयर कारोबार भएको छ ।
यसदिन बैंकिङ समूहको १.३५ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, फाइनान्स समूहको ०.९३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८८ प्रतिशत, हाइड्रोपावर समूहको १.२१ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२४ प्रतिशतले सेयरमूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको हो ।आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
