Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज कोशी र गण्डकी प्रदेशमा बदलीको सम्भावना, शुक्रबारसम्मको मौसम कस्तो रहला ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज कोशी र गण्डकी प्रदेशमा बदलीको सम्भावना, शुक्रबारसम्मको मौसम कस्तो रहला ?

अर्थ प्लस
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज कोशी र गण्डकी प्रदेशमा बदलीको सम्भावना, शुक्रबारसम्मको मौसम कस्तो रहला ?

काठमाडौँ, फागुन २१ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम मूख्यतया सफा रहेको छ ।

बुधबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । 

शुक्रबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहानीनपख तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार