Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज पनि घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको मुद्रालाई कति पर्ला ?

आज पनि घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको मुद्रालाई कति पर्ला ?

अर्थ प्लस
आज पनि घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको मुद्रालाई कति पर्ला ?

काठमाडौँ, फागुन २१ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । 
 
युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।
 
जापानी येन १० को खरिददर ०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ०९ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा कायम भएको बैंकले जनाएको छ ।
 
यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ०९ रुपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४७ पैसा निर्धारण गरेको छ । 

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।  राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। 

सम्बन्धित समाचार