Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

भुजुङ्ग हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

भुजुङ्ग हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

अर्थ प्लस
भुजुङ्ग हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाडौँ, फागुन २१ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।  

बैठकले सभा आगाी चैत २१ गते बिहिबारका दिन काठमाण्डौको बसुन्धारामा रहेको दियालो फूडल्याण्ड एण्ड पार्टी प्यालेसमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुबाट संशोधन गर्न निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, गत आवको लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिबाट नियुक्त सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन समेत गरिनेछ । 

सम्बन्धित समाचार