Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
विचार

ब्याजदर घटिरहँदा पनि शेयर बजार अहिले किन घटिरहेको छ? सन्तोष सिं लिङदेनकाे विचार

ब्याजदर घटिरहँदा पनि शेयर बजार अहिले किन घटिरहेको छ? सन्तोष सिं लिङदेनकाे विचार

ब्याजदर घटिरहँदा पनि शेयर बजार अहिले किन घटिरहेको छ? सन्तोष सिं लिङदेनकाे विचार

काठमाडौं, फागुन २ । नेप्सेलाई हेर्दा लगभग २ वर्षदेखि बजार १८०० देखि २३०० को क्षेत्र भित्र उतारचढाव भइरहेको छ। हालसम्मकै उच्च विन्दु ३२२७ देखि झरेको बजार अहिले १८०० को विन्दुभन्दा तल नझर्नु नै सकारात्मक पक्ष रहेको छ।

प्राविधिक विश्लेषण अनुसार पनि अधिकांश समय यो १८०० विन्दुभन्दा तल झर्न नसक्नुको मुख्य कारण बजारमा बिक्रेताहरुको चाप कमजोर अथवा कम हुँदै गएको संकेत गर्दछ।

यो १८०० र २३०० को क्षेत्र भित्र उतारचढाव हुनु नै साना ठूला कारोबारीहरु हावी भएको संकेत हो। हाल राज्यको नगद तरलता सुध्रिंदै गएको र ब्याजदर पनि कम हुँदै गएको छ। कोरोना महामारीको कारण नकारात्मक असर परेको राज्यको आर्थिक अवस्था हाल सुध्रिँदै गएपनि साना ठूला कारोबारीहरुले मात्र बजारलाई माथि धकेल्न सक्दैनन्। यसका लागि नयाँ लगानीकर्ताहरुको प्रवेश पनि आवश्यक हुन्छ। ब्याजदर कम हुँदै जानु र राज्यको आर्थिक अवस्था सुध्रिँदै जानुले तुरुन्तै बजारमा असर नपरे पनि दीर्घकालिन रुपमा असर अवश्य पर्ने देखिन्छ र हालसम्म यहि हुँदै पनि आएको छ। हाल राज्यको आर्थिक अवस्था सुध्रिने क्रम प्रारम्भिक चरणमा रहेको देखिन्छ।

शेयर बजार विभिन्न अवस्थामा घटबढ हुने गर्दछ। यो घटबढ अल्पकालिन र दीर्घकालिन हुन सक्छ। बजार दीर्घकालिन रुपमा बढ्नलाई कारोबारी र लगानीकर्ताहरुको मनोभाव सकारात्मक हुनु जरुरी हुन्छ। यसमा मुख्य गरेर हाल नेपालको स्टक मार्केटमा सर्वसाधरणहरुको प्रवेश गर्नलाई सर्वप्रथम उनीहरुको आर्थिक अवस्था सुध्रिन पनि जरुरी हुन्छ। जब राज्यको आर्थिक अवस्था सुध्रिँदै जान्छ, प्रति व्यक्ति आम्दानी पनि सकारात्मक हुँदै जान्छ। यहि कारण उनीहरुको अतिरिक्त बचत पनि हुन थाल्दछ। शेयर बजारमा लगानीकर्ताहरुको मनोभाव पनि सकारात्मक हुँदै जाँदा, यो अतिरिक्त बचत पनि शेयर बजारमा नयाँ लगानीको रुपमा प्रवेश विस्तारै हुने गर्दछ। यसले पनि बजारलाई बढ्नमा सहयोग गर्दछ र यस अवस्थामा बजार केहि बढ्दै र केहि सच्चिँदै सकारात्मक हुने प्रबल सम्भावना रहन्छ ।

(शेयर बजार सम्बन्धि बिचार लेखककाे व्यक्तिगत हाे। लगानी गर्न अघि आफै विश्लेषण गर्नु जरूरी छ।)

सम्बन्धित समाचार