२०८१,फागुन २१ गते
काठमाडौँ। उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी नाम, सीजी ब्राण्ड्सले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारको लागि एक महत्त्वपूर्ण घोषणा गरेको छ।
कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना सबै आधिकारिक सेवा केन्द्रहरू बाट फल्गुन २० गते देखि सिमित समय को लागि निशुल्क एसी सेवा शिविर सञ्चालन गर्नेछ।
जसअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि ब्राण्डको एसीको निःशुल्क सर्भिसिङ गर्न सक्नेछन्। जस अन्तर्गत ग्राहकहरूले टोल- फ्री नम्बर १६६००१०२२११ वा १६६००१००२११ वा ०१५९७०१२२ मा कल गरेर दर्ता गर्न सक्नेछन्।
ग्राहकहरूले निशुल्क एयर फिल्टर प्रतिस्थापन र आफ्नो एसीको उत्कृष्ट कार्यक्षमताको लागि प्राविधिक विज्ञको सल्लाह पाउन सक्नेछन्।
यसका अतिरिक्त, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्याङ्कन हुनेछ।
कम्पनीका अनुसार सीजीका विज्ञ प्राविधिकहरूले सेवा शिविरहरू सञ्चालन गर्नेछन्, उच्च गुणस्तरको सेवा र व्यावसायिकताको सुनिश्चितता गर्दै। कम्पनीका कर्मचारीहरूले नयाँ एसीको खरीदमा वा पुराना एसीहरूको साट्नमा ग्राहकलाई सहयोग गर्नेछन्।
कम्पनी द्वारा दिइएको जानकारी अनुसार शिविरमा सहभागीहरूले नयाँ एसी यन्त्र खरिदमा २०५ सम्म छुट, रु ४००० को निःशुल्क जडान, र र Exchange मा रु ३००० को दुई निःशुल्क सेवा कुपनको फाइदा उठाउन सक्नेछन्।
सीजी ब्राण्ड् उत्कृष्ट बिक्री पछिका सेवाहरू र छिटो प्रतिक्रिया समयको लागि परिचित रहेको छ, र यो पहलले ग्राहक सन्तुष्टि प्रति आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।
