Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

कुलमानलाई हटाउन तेस्रोपटक स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

कुलमानलाई हटाउन तेस्रोपटक स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

अर्थ प्लस
कुलमानलाई हटाउन तेस्रोपटक स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले कुलमानलाई हटाउने उद्देश्यका साथ स्पष्टीकरण सोधेको ती मन्त्रीको भनाइ छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीले घिसिङलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने बताएका थिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएका उनलाई हटाउने प्रक्रिया अघि बढाउन लागिएको बताएका थिए ।

यसअघि घिसिङलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।

एकापसमा टसल बढ्दै गएपछि सरकारले घिसिङलाई हटाउन खोजिरहेको छ । यद्यपि घिसिङले भने आफूले अन्तिम समयसम्म पनि प्राधिकरणको सुधारमा काम गरिरहने बताएका छन् ।

सम्बन्धित समाचार