Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कहिले हुँदैछ बाँडफाँड ?

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कहिले हुँदैछ बाँडफाँड ?

अर्थ प्लस
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कहिले हुँदैछ बाँडफाँड ?

काठमाडौँ , फागुन २२ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आईपीओको बाँडफाँड मिति तय भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको अनुसार शुक्रबार विहान क्यापिटलको केन्द्रिय कार्यालयमा ८ : ३० बजे आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो । कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको थियो । 

सो पछि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

सम्बन्धित समाचार