Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

२०८१, फागुन २२गते

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा जम्मा १४ दशमलव ६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये १३ दशमलव ८९३८२ प्रतिशत बोनस शेयर र ० दशमलव ७३१२५ प्रतिशत नगद लाभांश (कर तिर्न) रहेको छ।

साथै हाल यस कम्पनीले एफपीओ निष्कासन गरेको हुँदा बुक क्लोज अगावै एफपीओ बाँडफाँड भई नेप्सेमा सूचीकृत भएमा एफपीओ पर्नेले समेत लाभांश प्राप्त गर्नेछन्।

त्यस्तो भएमा एफपीओ शेयर सहित हुन आउने चुक्ता पूँजीको प्रस्तावित बोनस शेयर बापतको रकम १३ दशमलव ५० प्रतिशत र नगद लाभांश बापतको रकम ० दशमलव ७१०५३ प्रतिशत गरी कुल लाभांश १४ दशमलव २१०५३ प्रतिशत हुने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार