Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सेयर बजारमा झिनो अंकको गिरावट, १० अर्ब १० करोड माथिको कारोबार

सेयर बजारमा झिनो अंकको गिरावट, १० अर्ब १० करोड माथिको कारोबार

अर्थ प्लस
सेयर बजारमा झिनो अंकको गिरावट, १० अर्ब १० करोड माथिको कारोबार

काठमाडौँ , फागुन २२ । आज साताको अन्तिम दिन सेयर बजार घटेर को छ । नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा कायम भएको छ ।

आज ३१० कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । आज १२ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको सेयर कारोबार भएको छ । एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबेभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफको शेयर दोस्रो बजारमा कारोबारमा आएकै दिनबाट लगातार सकारात्मक सर्किट लागिरहेको छ । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार