काठमाडौं। आइतबार सेयर बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । आज बजारमा भारी गिरावट देखिएको हो । बजारको घटावटले लगानीकर्तामा निरासाको अवस्था सिर्जना गरेको छ ।
बजारको घट्नुलाई कतिपयले राजा आउने हल्लासँग जोड्न थालेका छन् । यो अस्थिर राजनीतिक परिप्रेक्ष्यले बजारलाई ओरालो तिर लगेको हो।
नेप्से आज ४६.३३ अकंले घटेर २७७२.१० बिन्दुमा कायम भएको छ । आज २ करोड २७ लाख २६ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.७१ प्रतिशत, फाइनान्स समूहको १.८७ प्रतशित, इन्भेष्टमेन्ट समूहको २.४९ प्रतिशतले सेयरमूल्य बढेको छ ।
