Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्यमा रेकर्ड ब्रेक 

सुनको मूल्यमा रेकर्ड ब्रेक 

सुनको मूल्यमा रेकर्ड ब्रेक 

काठमाडौँ । सुनको मूल्यले आज (मङ्गलबार) रेकर्ड ब्रेक गरेको छ । सोमबारको तुलनामा तोलामा ११ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

हिजो सोमबार तोलामा सुनको भाउ १ लाख ७४ हजार १ सय रुपैयाँमामा कारोबार भएको थियो। यसअघि छापावाल सुनको उच्च मूल्य यही चैत १ गते १  लाख ७४ हजार ५०० रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य आकाशिने क्रम जारी छ । 

सम्बन्धित समाचार