Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अमेरिकी डलरको भाउ सामान्य घट्दा युरोमा भने वृद्धि

अमेरिकी डलरको भाउ सामान्य घट्दा युरोमा भने वृद्धि

अर्थ प्लस
अमेरिकी डलरको भाउ सामान्य घट्दा युरोमा भने वृद्धि

काठमाडौ, २७ पुस । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घट्दा युरोमा भने वृद्धि भएको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक पैसाले घटेको हो । बिहिबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार युरोपियन युरोमा ४६ पैसाले बढेको छ । आज एक युरोको खरिदमा १४५ रूपैयाँ ५५ पैसा र बिक्रीमा १४६ रूपैयाँ २१ पैसा तोकिएको छ । बिहिबार भने युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७५ पैसा तोकिएको थियो

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ९८ पैसा र बिक्रीदर ८९ रूपैयाँ ३८ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ १४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ५९ पैसा कायम गरिएको छ ।


 

सम्बन्धित समाचार