Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
कर्पोरेट

महिला लघुवित्तको साधारण सभा फागुन २७ गते बस्दै, शेयरधनीकाे हात खाली

महिला लघुवित्तको साधारण सभा फागुन २७ गते बस्दै, शेयरधनीकाे हात खाली

महिला लघुवित्तको साधारण सभा फागुन २७ गते बस्दै, शेयरधनीकाे हात खाली

काठमाडौं, ४ फागुन। महिला लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ। सभा फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यस वर्ष शेयरधनीहरुको हात खाली नै हुनेभएको छ किनभने कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।

सभामा कम्पनीले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ  । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।  

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्दैछ। फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।

newskarkahna-news642200..jpg

सम्बन्धित समाचार