Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

हुलास फिनसर्भको नाफा ९७२ प्रतिशतले बढ्यो, आईपीओका लागि सेबोनमा आवेदन दिने तयारी

हुलास फिनसर्भको नाफा ९७२ प्रतिशतले बढ्यो, आईपीओका लागि सेबोनमा आवेदन दिने तयारी

अर्थ प्लस
हुलास फिनसर्भको नाफा ९७२ प्रतिशतले बढ्यो, आईपीओका लागि सेबोनमा आवेदन दिने तयारी

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको खुद नाफा ९७२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा खुद नाफा ९७२ प्रतिशतले वृद्धि गरेको हो ।

आव २०७९/०८० मा ९१ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आव २०८०/०८१ मा ९ करोड ८१ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, गत आवमा कम्पनीको सञ्चित मुनाफा ४४ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीले ब्याजबाट मात्रै १३ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

८० करोड चुक्ता पूँजी रहेको कम्पनीको कुल सम्पत्ति ३ अर्ब ५५ करोड रुपैयाँ छ । सम्पत्ति र कर्जा अनुपात १.५५ गुणा रहेको छ । कम्पनीको निष्क्रिय कर्जा अनुपात ५.७५ प्रतिशत, प्रति शेयर आम्दानी १२.२७ रुपैयाँ र ब्याज स्प्रेड दर ०.२० प्रतिशत रहेको छ ।

कम्पनीले ३ वटा बैँकबाट १ अर्ब ९३ करोड ५० लाख रुपैयाँ कर्जा लिएको छ । ग्लोबल आईएमई बैंकबाट १०।४० प्रतिशत ब्याजदरमा ९ करोड ५१ लाख र ८.९० प्रतिशत ब्याजदरमा ८७ करोड २ लाख रुपैयाँ कर्जा लिएको छ । 

यसैगरी, एभरेष्ट बैंकबाट ५९ करोड ५० लाख र सानिमा बैंकबाट ३७ करोड ४५ लाख रुपैयाँ कर्जा लिएको छ । एभरेष्ट बैंकबाट ८.४३ प्रतिशत र सानिमा बैंकबाट ९.७० प्रतिशत ब्याजदरमा कम्पनीले कर्जा लिएको जानकारी दिएको छ । 

पछिल्लो समय कम्पनी आईपीओ निष्काशनको तयारीमा जुटेको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता आईपीओ जारी गर्नका लागि एनएमबी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त पनि गरिसकेको छ ।

अबको केही महिना भित्र नै कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनमा आईपीओ निष्काशनको अनुमतिका लागि निवेदन दिने कम्पनीका जनरल म्यानेजर समीर ठाकुरले आर्थिक न्यूजलाई जानकारी दिए । उनले भने, आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी थालेका छौँ । अबको केही महिनाभित्र नै आवेदन दिनेछौँ ।’

 

सम्बन्धित समाचार