काठमाडौं, चैत ११ । महाशक्ति सिमेन्ट लिमिटेडले आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता आईपीओ बिक्री गर्न अनुमति मागेको हो । अर्थात, कम्पनीले १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।
महाशक्तिले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त आईपीओ बिक्री गर्नका लागि अनुमति मागेको हो । यसमा लक्ष्मी सनराइज क्यापिटलले बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
