Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँट

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँट

अर्थ प्लस
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँट

मंगलबार, १२ चैत्र २०८१
काठमाडौं ।ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट आज प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। कम्पनीको आईपीओमा १९ लाख ८५ हजार ६६३ जना आवेदकहरूले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन्, जसको परिणामस्वरूप आवेदन मागभन्दा १६.०२ गुणा बढी आवेदन प्राप्त भएको छ।

यस आईपीओमा १ लाख ४७ हजार ६०० जना आवेदकहरूले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्। कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए, जसमा २ लाख ८ हजार २७८ आवेदन रद्द गरिएको थियो। रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

यसरी हेनुहोस आईपीको नतिजा 

१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.prabhucapital.com/
२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट  :   http://iporesult.cdsc.com.np/

सम्बन्धित समाचार