Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको मूल्य कति ?

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको मूल्य कति ?

अर्थ प्लस
सुनको मूल्य सामान्य वृद्धि, चाँदीको मूल्य कति ?

बुधबार, १३ चैत २०८१
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो ।

जस अनुसार छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै प्रति १० ग्राम १ लाख ४८ हजार ७५० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको हो । 

सम्बन्धित समाचार