Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

नेपाल टेलिकमले ल्यायो दुर्गम जिल्लामा उच्च गुणस्तरको सूचना महामार्ग

नेपाल टेलिकमले ल्यायो दुर्गम जिल्लामा उच्च गुणस्तरको सूचना महामार्ग

अर्थ प्लस
नेपाल टेलिकमले ल्यायो दुर्गम जिल्लामा उच्च गुणस्तरको सूचना महामार्ग

काठमाडौं । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ । टेलिकमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी गराएको हो ।

‘देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नती गर्ने आफ्नो अभियान एवं लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस सूचना महामार्गले कालिकोट,जुम्ला,मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको छ,‘नेपाल टेलिकमका प्रवक्ता हरि ढकालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,माइक्रोवेभ रेडियो लिंक मार्फत सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट तथा मोबाइल सेवासंग सम्बन्धीत उपकबरणहरुका साथै एनटी टिभी ब्राण्डको टेलिभिजन सेवा समेत चैत्र ८ गतेबाट अप्टिकल फाइबर मार्फ सञ्चालनमा ल्याइएको छ । यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोशेढुंगाको रुपमा लिन सकिन्छ ।’

सेवा विस्तार संगै सो क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्ने टेलिकमले विश्वास लिएको छ । टेलिकमले दशेको भौगोलिक चुनौतीलाई आत्मसाथ गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्धारा जोड्न सदैव प्रतिबद्ध रहेको समेत बताएको छ ।

सम्बन्धित समाचार