बुधबार, १३ चैत्र २०८१
काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । बुधबार साँझ शितगंगा नगरपालिका–२, सीतापुरमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।
लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।घाइतेमध्ये सातजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको उनले जानकारी दिए ।
