Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको भाउ तोलामा १३ सय तथा चाँदीको ३० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १३ सय तथा चाँदीको ३० रुपैयाँले बढ्यो

अर्थ प्लस
सुनको भाउ तोलामा १३ सय तथा चाँदीको ३० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बिहीबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ तथा चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार बिहीबारका लागि छापावाल सुनको भाउ तोलाको एक लाख ७४ हजार ८०० रुपैयाँ तोकिएको छ ।  बुधबार तोलामा २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेको छ । बुधबार एक हजार ९९० रूपैयाँमा खरिद बिक्री भएको चाँदी बिहीबार २ हजार २० रूपैयाँमा खरिद बिक्री भएको हो । आइतबार तोलामा १५ रुपैयाँले घटेर आइतबारदेखि मंगलबारसम्म एक हजार ९८० रूपैयाँमा चाँदीको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३०३३ दशमलव ४० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ३३ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजार भाउको आधारमा नेपालमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सम्बन्धित समाचार