Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

समाजवादी मोर्चाले भृकुटीमण्डप, राजावादीले तीनकुनेमा सभा गर्दै 

समाजवादी मोर्चाले भृकुटीमण्डप, राजावादीले तीनकुनेमा सभा गर्दै 

अर्थ प्लस
समाजवादी मोर्चाले भृकुटीमण्डप, राजावादीले तीनकुनेमा सभा गर्दै 

शुक्रबार, चैत १५, २०८१
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज प्रदर्शन हुने भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीले आज छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका हुन् । राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप ठाउँ तोकिएको छ । 

समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ।

सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने मोर्चाले जनाएको छ । बबरमहल (पुलको छेउ), कुपण्डोल, त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट जुलुस निकाल्ने तय भएको छ । मोर्चाले निकाल्ने जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुनेछ ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको छ । पूर्वराजाका समर्थकलाई रिङरोडबाहिर मात्रै जुलुस निकाल्न दिइने प्रशासनले जनाएको छ । 

सम्बन्धित समाचार