Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवार गृहमन्त्री हुनुपर्छ : रास्वपा

असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवार गृहमन्त्री हुनुपर्छ : रास्वपा

अर्थ प्लस
असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवार गृहमन्त्री हुनुपर्छ : रास्वपा

काठमाडौं , चैत १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको घटना सरकारकै अक्षमताको कारण घटेको आरोपित गरेको छ।

‘विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको  पूर्ण जिम्मेवारी गृहमन्त्रीले नै लिनपर्छ भन्ने हाम्रो ठहर हो,’ पार्टी प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अगाडि भनिएको छ, ‘आन्दोलन अराजक हुनसक्ने पूर्वसूचनाहरूका बाबजुद सरकार र गृह प्रशासन कति पनि चिन्तित र तयार नरहेको घटनाक्रमहरूले देखाउँछ। आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो।’

रास्वपाले घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको मागसमेत गरेको छ।

शुक्रबार (हिजो) काठमाडौंको तीनकुनेमा राजावादीहरूले प्रदर्शन गरेका थिए। त्यस क्रममा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन्। त्यहाँ केही गाडी तथा घर जलाइएका छन्।

सम्बन्धित समाचार