Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

अर्थ प्लस
सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेको छ । शुक्रबार भने सर्वाधिक बढी तोलामा १ लाख ७६ हजार २ सय रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ भने घटेर कारोबार भइरहेको छ । यसअघि प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदीको भाउ घटेर आज २ हजार २५ रुपैयाँ कायम भएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमासमेत सुनको भाउ बढ्ने क्रम जारी छ । 

सम्बन्धित समाचार