Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पार्टीको जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

पार्टीको जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

अर्थ प्लस
पार्टीको जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

काठमाडौं, चैत १७ । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा उनी पार्टी कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका थिए ।

उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।

‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहलिो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’

पुस ८ मा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष अर्याललाई दिएको थियो ।

सम्बन्धित समाचार