Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

३ प्रदेशको मौसम बदली, पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना

३ प्रदेशको मौसम बदली, पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना

अर्थ प्लस
३ प्रदेशको मौसम बदली, पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना

काठमाडौं, चैत १८ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (सोमबार बिहान ६ बजे) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। 

देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। 

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

मेघगर्जन रचट्याङसहित हुनसक्ने वर्षा र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ। 

सम्बन्धित समाचार