Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको भाउ तोलामा १ लाख ८० हजार नजिक

सुनको भाउ तोलामा १ लाख ८० हजार नजिक

अर्थ प्लस
सुनको भाउ तोलामा १ लाख ८० हजार नजिक

काठमाडौँ। मङ्गलबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रि बजारमा मूल्य बढेसँगै नेपाली बजारमा सुनको मूल्यले पाँचौँ दिन पनि रेकर्ड बनाएको हो । आज छापावाल सुन तोलामा १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । हिजो सोमबार भने छापावाल सुनको भाउ १ लाख ७७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यता, चाँदीको भाउ भने आज पनि स्थिर छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार