Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

अर्थ प्लस
प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमणमा जाँदैछन्। दिउँसो साढे १२ बजे टोलीसहित उनी बैंककका लागि प्रस्थान गर्नेछन् ।

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली थाइल्याण्ड जान लागेका हुन्। चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म ‘साइडलाइन वार्ता’ गर्ने प्रधानमन्त्रीको योजना रहेको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा २१ जना रहनेछन्।

प्रधानमन्त्री नेतृत्वको टोली चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार