Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग

रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग

अर्थ प्लस
रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । मंगलबार सिंहदरबारमा भएको भेटमा सभापति लामिछानेले आफ्नो सांसद पदको फुकुवाको माग राखेको जानकारी दिए ।

त्यस्तै उनले अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रुपमा प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुने चिन्ता सभामुख घिमिरेले देखाएको पनि उनले जानकारी दिए ।

उनले भने, “राजनीतिक प्रतिसोधका कारणले सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भनेर दुषित मनसाय राखि अदालतमा टेकाएका आधारमा निलम्बन हुनुहुँदैन् भन्ने कुरा मैंले राखें । राजनीतिक हतियार प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुन्छ भन्ने कुरामा उहाँ गम्भीर हुनुहुन्छ ।”

आफूलाई चितवनबासीले दुई दुई पटकसम्म जिताएर पठाएको भन्दै थुनामा नरहेको अवस्थामा आफ्नो पद खाली हुन नसक्ने उनको दाबी छ । 

सम्बन्धित समाचार