Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

तेस्रो एनसेल नेपाल सुपर लिगमा धनगढी एपसीले बुटवल लुम्बिनी एफसीलाई ४–१ ले हरायो

अर्थ प्लस
तेस्रो एनसेल नेपाल सुपर लिगमा धनगढी एपसीले बुटवल लुम्बिनी एफसीलाई ४–१ ले हरायो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एपसीले विजयी सुरुआत गरेको छ । मंगलबार काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

धनगढीको जितमा अहमद हिजाजीले दुई गोल गरे । यस्तै, कृतिस रत्न छुँजु र सर्जियो बर्बाउचोले एक एक गोल गरे । बुटवलका कान्ता हाराले एक गोल फर्काए ।

छैटौँ मिनेटमा धनगढीका हिजाजीले टोलीलाई अग्रता दिलाए । उनले १८ यार्ड बक्सभित्र महम्मत अल जाउनीको पासमा सुन्दर गोल गरे । ३१औँ मिनेटमा बुटवल लुम्बिनीका कान्ता हाराको गोलमा खेलमा पुनरागमन गर्‍यो । तर, यो पुनरागमन बराबरीका निम्ति पर्याप्त बन्न भने सकेन ।

७५औँ मिनेटमा कृतिस छुँजुले गोल गर्दै धनगढीलाई पुनः २–१ को अग्रतामा राखे । उनले लुम्बिनीका तीन डिफेन्डरलाई बिट गर्दै सुन्दर एकल गोल गरे । इन्जुरी समयमा साविक उपविजेता धनगढीले दुई गोल थपेपछि ४–१ को सहज जित पक्का गरेको हो । इन्जुरी समयमा हिजाजीले दोस्रो गोल गर्दै धनगढीको अग्रतालाई ३–१ को स्थितिमा राखे । अन्तिम मिनेटमा बारबोउजुले धनगढीबाट गोल गर्दै सहज जित पक्का गरे ।

जितसँगै तीन अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा बुटवलको भने यो दोस्रो खेल हो । बुटवल यसअघि पहिलो खेलमा झापा एफसीविरुद्ध गोलरहित बराबरीमा रोकिएको थियो ।

सम्बन्धित समाचार