Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

ग्रीन भेन्चर्सको लक–इन अवधि समाप्त

ग्रीन भेन्चर्सको लक–इन अवधि समाप्त

अर्थ प्लस
ग्रीन भेन्चर्सको लक–इन अवधि समाप्त

काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडका संस्थापक सेयरधनी, स्थानीय बासिन्दा तथा कर्मचारीहरूको लागि तोकिएको ‘लक–इन’ अवधि आज बुधबार ९चैत २०० समाप्त भएको छ। यो अवधि पूरा भएसँगै उनीहरूले होल्ड गरेको सेयर अब दोस्रो बजारमा कारोबार गर्न सक्ने भएका छन्।

२०७८ सालको चैत २० गते सर्वसाधारणलाई सेयर वितरण गरेको कम्पनीले नियमानुसार तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा तथा कर्मचारीको सेयर लक–इन अवधिमा राखेको थियो।

अब कम्पनीका २ करोड ५० लाख कित्ता संस्थापक सेयर, ३१ लाख २३ हजार २०० कित्ता स्थानीय बासिन्दाको सेयर र ९३ हजार ७५० कित्ता कर्मचारीको सेयर कारोबारका लागि योग्य भएको छ। लक–इन अवधि समाप्त भएसँगै यी सेयरहरू दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

 

सम्बन्धित समाचार