Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज मंगलबार पनि सुनको भाउ घट्ने क्रम जारी रहेको छ । आज छापावाल सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार तोलाको एक लाख ७३ हजार ८ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलाको एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । 

सम्बन्धित समाचार