काठमाडौँ। शुक्रबार एकै दिन सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेकोमा बिहीबार बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको थियो ।
बिहीबार एकैपटक ५ हजार ७ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको थियो । शुक्रबार पनि ३ हजार ९ सय रुपैयाँले बढेको सुनको भाउले यसअघिको मूल्यलाई ब्रेक गरेको छ ।
आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
