Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज शनिवार, २०८१ चैत्र ३० गतेको राशिफल

आज शनिवार, २०८१ चैत्र ३० गतेको राशिफल

अर्थ प्लस
आज शनिवार, २०८१ चैत्र ३० गतेको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज राम्रो दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।  सामाजिक मान प्रतिष्ठा बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आजको दिन त्यति राम्रो छैन । जुन कुनै काममा बाधा ब्यावधानहरु सिर्जना हुनेछ । स्वास्थ्यमा गढबढीको योग रहेको छ । राम्रै सल्लाह दिदा पनि मिथ्या आरोप आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज भाग्य उदय हुने दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । बस्त्र आभुषणको व्यापारबाट राम्रो लाभ लिन सकिनेछ । खर्चमा मितव्ययीता अपनाउनु उपयुक्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको दिन राम्रो देखिदैन । लामो दूरीको यात्रा गर्दा झन्झट र तनाब आइपर्ने योग रहेको छ । काम गर्दा धेरै सचेतता अपनाउनु राम्रो हुन्छ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आटे सोचेका कामहरु पुरा हुनाले मनमा खुशी बढेर जानेछ । धन दौलत बढेर जानेछ । मान सम्मान पाईने योग रहेको छ । जग्गा जमिन र देश विदेशको यात्राबाट लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय मध्यम रहेको छ । नयाँ नवितम बाधा व्यावधान आइपर्नेछ । ब्यार्थमा आरोपहरु खेप्नुपर्ने योग रहेको छ । आफ्नो बाणीमा सचेतता अपनाउनुपर्ने देखिन्छ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आज लाभ उदयको दिन रहेको छ । पशु चौपायाहरुबाट मनग्य लाभ लिन सकिनेछ । देश विदेशबाट हुने काममा पनि सफलता हात पार्न सक्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यहरु पुर्ण हुनेछ। मनमा प्रशन्नता छाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दिन मध्यम रहेको छ। लामो दूरीको यात्रा गर्नु पूर्व साइत हेराएर मात्र निर्णय गर्नु उपयुक्त हुनेछ । सोच विचार गरेर मात्र कामको प्रक्रिया अगाडी बढाउदा राम्रो हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

सम्बन्धित समाचार