Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

स्मार्टफोन र कम्प्युटरलगायतका विद्युतीय सामाग्रीमाथिको नयाँ ट्यारिफमा छुट दिने ट्रम्पको घोषणा

स्मार्टफोन र कम्प्युटरलगायतका विद्युतीय सामाग्रीमाथिको नयाँ ट्यारिफमा छुट दिने ट्रम्पको घोषणा

अर्थ प्लस
स्मार्टफोन र कम्प्युटरलगायतका विद्युतीय सामाग्रीमाथिको नयाँ ट्यारिफमा छुट दिने ट्रम्पको घोषणा

काठमाडौँ, चैत ३१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र केही अन्य इलेक्ट्रोनिक उपकरणहरूलाई ‘पारस्परिक’ भन्सार करहरूमा छुट दिने निर्णय गरेको छ । जसमा चिनियाँ आयातमा लगाइएको १२५ प्रतिशत ट्यारिफ पनि समावेश छ।

यूएस कस्टम एण्ड बोर्डर प्याट्रोलले एक सूचना जारी गर्दै यी वस्तुहरुलाई ट्रम्पले लगाएको १० प्रतिशत ग्लोबल ट्यारिफ र ठूलो परिमाणको चिनियाँ आयात करबाट हटाइने जनाएको छ । यससँगै ट्रम्पले पहिलोपटक चीनमाथि लगाएको ट्यारिफमा पुनरावलोकन ग्रेका छन् । यो कदमलाई ‘गेम चेन्जर’को रुपमा लिइएको छ ।  

गत शनिबार मियामीको यात्राको क्रममा ट्रम्पले अर्को हप्ताको सुरुमा छूटको थप विवरणको बारे जानकारी दिने बताएका थिए ।  

यो कदम अमेरिकी टेक कम्पनीहरूले ट्यारिफका कारण ग्याजेटहरूको मूल्य आकासिशन सक्ने बताएसँगै आएको हो । गत अप्रिल ५ गतेदेखि लागू भएको ट्यारिफमा अब सेमीकन्डक्टर, सोलार सेल र मेमोरी कार्डमा समेत छुट दिइने भएको छ ।  

यससँगै एप्पल, एनभिडिया, माइक्रोसफ्ट जस्ता ठूला टेक कम्पनीले राहतको सास फेरेका छन् ।

सम्बन्धित समाचार