Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज नयाँ वर्ष २०८२ हर्षोल्लासका साथ मनाइँदै, देशभर सार्वजनिक बिदा

आज नयाँ वर्ष २०८२ हर्षोल्लासका साथ मनाइँदै, देशभर सार्वजनिक बिदा

अर्थ प्लस
आज नयाँ वर्ष २०८२ हर्षोल्लासका साथ मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । नेपाली पात्रो अनुसार आज वैशाख १ गते अर्थात् नयाँ वर्ष २०८२ शुरू भएको छ। विक्रम् संवत् अङ्ग्रेजी संवत् अर्थात् एडीभन्दा ५६.७ वर्षले अगाडि छ।

विक्रमादित्यले चलाएको संवत् भएकाले यसलाई विक्रम् सम्वत भनिएको हो। यो मौलिक संवत्का रूपमा मल्लकालदेखि नै चलिआएको छ।

नयाँ वर्षमा नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाउँने गरिन्छ। नयाँ वर्षका साथै आज मेष संक्रान्ति र बिस्का जात्रा पर्व समेत रहेको छ।

हरेक नयाँ वर्षको दिन नेपालभर सार्वजनिक बिदा दिने गरिन्छ। यससँगै सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, लगायत शेयर बजार बन्द रहनेछ।

सम्बन्धित समाचार