Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

एनसीएचएल र मास्टरकार्डबीच अन्तरदेशीय भुक्तानीका लागि रणनीतिक सहकार्य

एनसीएचएल र मास्टरकार्डबीच अन्तरदेशीय भुक्तानीका लागि रणनीतिक सहकार्य

अर्थ प्लस
एनसीएचएल र मास्टरकार्डबीच अन्तरदेशीय भुक्तानीका लागि रणनीतिक सहकार्य

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त भुक्तानी प्रणाली प्रदायक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र विश्वव्यापी भुक्तानी प्रविधि कम्पनी मास्टरकार्डबिच अन्तरदेशीय भुक्तानी प्रणाली विस्तार गर्न रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस समझदारी अनुसार, अब नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूले मास्टरकार्ड प्रयोग गरेर नेपालपे क्यूआर तथा इंटरओपरेबल क्युआर मार्फत सजिलै डिजिटल भुक्तानी गर्न सक्नेछन्। 

‘स्थानीयजस्तै भुक्तानी’को अवधारणालाई अघि बढाउँदै, यो सहकार्यले मास्टरकार्ड प्रयोगकर्ताहरूलाई नेपालमा क्यूआर कोडमार्फत सहज र छरितो भुक्तानी अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

देशभर करिब १० लाख क्यूआर व्यापारी रहेको एनसीएचएलको प्रणाली र विश्वभर ३.१ अर्बभन्दा बढी मास्टरकार्ड जारी भएका सन्दर्भमा यो सहकार्यले नेपालको पर्यटन क्षेत्र तथा डिजिटल भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार