Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

रारालाई बिश्वमा चिनाउन सगरमाथा आरोहणको यात्रामा मुगुका अक्कल बोहोरा

रारालाई बिश्वमा चिनाउन सगरमाथा आरोहणको यात्रामा मुगुका अक्कल बोहोरा

अर्थ प्लस
रारालाई बिश्वमा चिनाउन सगरमाथा आरोहणको यात्रामा मुगुका अक्कल बोहोरा

मंगलबार, ०२ बैशाख २०८२

मुगु । छायाँनाथ रारा नगरपालिका-१३ थार्प गाउँका ४६ बर्षिय अक्कल बोहोरा रारा तालको पर्यटन प्रबद्धन, संरक्षणका लागी बिश्वलाई चिनाउन भन्दै रारा तालको पानी र झण्डा बोकी सगरमाथा आरोहणको यात्रामा निस्किएका छन ।

पुर्व म्याराथुन धावक तथा समाज सेवामा लाग्दै आएका ४६ बर्षिय बोहोरा सगरमाथा आरोहण गर्ने कर्णालीकै पहिलो ब्यक्ति हुन । नेपालको सबैभन्दा ठुलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय गन्तब्य रारातालालाई बिश्वमा चिनाउन राराको पानी र कर्णाली नदीको पानी झण्डा सहित चैत्र २९ गते बोहोरा सगरमाथा आरोहणका लागी निस्किएका छन ।

बोहोराले ४३ लाख भन्दा आफनै खर्चमा टिसिनो ट्रेर्कस एण्ड एकपोटेसन प्राली मार्फत चैत्र २९ गते बाट सगरमाथा आरोहण निस्किएका छन । आफनै खर्चमा सगरमाथ आरोहण गर्ने  आफु कर्णाली प्रदेशकै पहिलो ब्यक्ति भएको बोहोराले बताएका छन ।

हाल स्पेनमा रारा नामक होटल सञ्चाल गदै आएका बोहोराले मुगु जिल्लाका बिपन्न तथा असाय ब्यक्तिहरुको शैक्षिक, खाने पानी ,स्वास्थ्य उपचार तथा दैविप्रकोप पिडीतलाई सहयोगका साथै भौतिक पुर्वधार निर्माणमा करोडौ सहयोग गर्दै आएका बोहोराले सगरमाथा आरोहण गरी सगरमाथाको शिरमा रारा तालको झण्डा फरफराई  बिश्वमा राराको प्रचार प्रसार गर्ने कुराले समग्र मुगुको शिर उचो बनाएको छायाँनाथ रारा नगरपालिका मेयर बिष्णु कुमार भामले बताए ।

कर्णाली प्रदेश प्राकृतिक श्रोत, धार्मिक तथा सास्कृतिक  अबस्थाले पर्यटन क्षेत्रको ठुलो सम्भावना बोकेको प्रदेश भए पनी यसको प्रचार प्रसार खासै नदेखिएकाले आफनो ब्यक्तिगत हिसावले बिश्वमा  राराको प्रचा प्रसारका लागी रारा तालको पानी र तालको झण्डा सहित सगरमाथा आरोहणले  समग्र कर्णाली प्रदेशको पर्यटन प्रबद्धनका बिषयमा सरोकारवाला निकायले ध्यान दिन सक्ने बोहोराले बताए ।

टिसिनो ट्रेर्कस एण्ड एक्सपोटेसन प्रालीका प्रमुख दाव शेर्पाका अनुसार सगरमाथा आरोहणका लागी बोहोरा सहितको आरोण गर्ने टोली चैत्र २९ गतेबाट काठमाडौंबाट प्रस्थान गरेको छ । आरोहण गर्ने टोलीका लागी आफनो कम्पनीका व्यवस्थापक टोली यो भन्दा अगाढी सगरमाथा क्षेत्रमा पुगी सकेको उनले बताए ।

बोहोरा मुगुका बिभिन्न बस्तीका दुख गरिब लाई बिगत १ दशक देखि आर्थिक देखि बिभिन्न आवश्यकता बमोजिम सहयोग गदै आएका छन । बोहोरा लाई मुगुका नागरिकले दिन दुखीका सहयोगी तथा समाजसेविका रुपमा चित्रण गदै आएका छन ।

सम्बन्धित समाचार