Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

घट्यो खाने तेलको मूल्य

घट्यो खाने तेलको मूल्य

अर्थ प्लस
घट्यो खाने तेलको मूल्य

काठमाडौं , वैशाख ३ । बजारमा खाने तेलको मूल्य घटेको छ ।

नेपाल खुद्रा व्यापार संघले १ वैशाखमा सार्वजनिक गरेको खाद्यान्नको खुद्रा मूल्यसूची अनुसार सनफ्लावर तेल र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेको छ । संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ ।

तथ्यांकअनुसार भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

१५ चैतमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५५ रुपैयाँमा किनबेच भइरहेको थियो भने भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार