Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गर्ने व्यक्ति पक्राउ

फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गर्ने व्यक्ति पक्राउ

अर्थ प्लस
फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका९१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता निलम्बन हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनधिकृत पहुँच पुर्‍याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रालि को खाताहरूमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

 

सम्बन्धित समाचार