Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

गभर्नर नियुक्ति प्रकृया ढिला भएको बिषयमा, के भन्छ सरकार?

गभर्नर नियुक्ति प्रकृया ढिला भएको बिषयमा, के भन्छ सरकार?

अर्थ प्लस
गभर्नर नियुक्ति प्रकृया ढिला भएको बिषयमा, के भन्छ सरकार?

काठमाडौं, वैशाख ३ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्तिको प्रकृया चाडौ नै अघि बढाउने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्तिको समस्या समाधानका लागि सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच सहमति भएकाले चाँडै नियुक्त हुने बताए ।

‘हिजोमात्रै दुईजना पार्टीका महत्त्वपूर्ण व्यक्तिहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएर समस्याको समाधान गर्ने भनेर उहाँहरूले सहमति गर्नुभएको छ,’ गुरुङले भने, ‘आज संयन्त्रको बैठक बस्दैछ । आज संयन्त्रको बैठकले नीतिगत मार्गदर्शन गर्नेछ भन्ने विश्वास लागेको छ ।’ गभर्नरजस्तो महत्त्वपूर्ण पदमा सबै दलको चासो हुनु स्वभाविक भएको पनि उनले बताए ।

‘गभर्नर नियुक्ति ढिला भएकै छ । यो चाँडोभन्दा चाँडो नियुक्त गर्दैछौं । एक अरबका कति कुरा सुन्छौं त्यो एक प्रतिशत पनि सत्यता छैन,’ उनले भने, ‘यो मिलिजुली सरकार हो, सरकारमा कांग्रेस एमालेसहित अन्य थुप्रै पार्टी छन् । यस्तो महत्त्वपूर्ण विषयमा आ आफ्नो चासो हुनसक्छ ।’

सम्बन्धित समाचार