Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ प्लस
सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले नेप्सेमा आजसम्म कायम शेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ः०.२७ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको छ।

यद्यपि हालसम्म यस कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

सम्बन्धित समाचार