काठमाडौं, ९ फागुन । बुधबार सुन र चाँदी दुबैको भाउ बढेको छ। यस दिन सुन तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

