Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सेयर बजारमा २६.४९ अंकको बृद्धि हुँदा १० अर्ब ७९ करोडमाथिको कारोबार

सेयर बजारमा २६.४९ अंकको बृद्धि हुँदा १० अर्ब ७९ करोडमाथिको कारोबार

अर्थ प्लस
सेयर बजारमा २६.४९ अंकको बृद्धि हुँदा १० अर्ब ७९ करोडमाथिको कारोबार

काठमाडाैं, वैशाख ४ । आज साताकाे अन्तिम काराेबारकाे दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२२.७३ को विन्दुमा कायम भएको छ ।

आज ३११ कम्पनीको सेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ । आज यस कम्पनकिो १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भउको छ । एनआरएनको ६२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एचआइडीसीएलको ४९ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । एचआइडीसीएलका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित समाचार