Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

तीन दिनसम्म लगातार पानी पर्ने

तीन दिनसम्म लगातार पानी पर्ने

अर्थ प्लस
तीन दिनसम्म लगातार पानी पर्ने

काठमाडौं, वैशाख ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशका विभिन्न भागमा लगातार तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल वायुमण्डलीय प्रणाली सक्रिय हुँदै गएकाले आगामी दिनहरूमा वर्षाको मात्रा बढ्ने देखिएको हो। यस्तो अवस्थामा बाली काट्ने मौसम परेकाले किसानहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ ।

महाशाखाले विशेषगरी गहुँ, मुसुरोजस्ता बाली भित्र्याउने काममा लागेका किसानहरूले मौसमको अवस्था बुझेर मात्र काम थाल्नुपर्ने बताएको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ । कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ भने देशका उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

सम्बन्धित समाचार