Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
समाचार

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता-चप्पल व्यापर मेला सुरु, ७५ प्रतिशतसम्म छुटको व्यवस्था

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता-चप्पल व्यापर मेला सुरु, ७५ प्रतिशतसम्म छुटको व्यवस्था

अर्थ प्लस
भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता-चप्पल व्यापर मेला सुरु, ७५ प्रतिशतसम्म छुटको व्यवस्था

२०८०, फागुन ९ गते
काठमाडौं । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ । एक कार्यक्रमबीच आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मेलाको उद्घाटन गरेका छन् । मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले नेपाल जुत्ता चप्पलमा अत्मनिर्भर बन्दै गएको बताएका छन् । यस्तो मेलाले नेपाली उत्पादन जुत्ताचप्पल व्यवसायको विकास र विस्तारमा ठूलो भूमिका खेल्ने बताउँदै सचिव निरौलाले नेपाली जुत्ताचप्पलको उत्पादनको खपत बढाउँन नीति नै परिमार्जन गरेर सबै सरकारी निकायमा नेपाली उत्पादन प्रयोग गर्र्नु पर्ने सर्कुलर जारी भएको जानकारी दिए ।

त्यसै गरी मेलाको आयोजक मध्यपुर जुत्ता उद्योगका प्रोपाइटर लक्षमण मग्रातीले उत्पादक र उपभोक्ताको दुरी मेटाउन मेला आयोजना गरेको बताएका छन् । ‘हामिले सस्तो मूल्यमा जुत्ताचप्पल राखेका छौँ । १५ देखि ७५ प्रतिशत सम्म छुटको व्यवस्था गरिरहेका छौँ ।’ मग्रातीले भने–‘यहाँ आएर जुत्ता चप्पल खरिद गरि लाभ लिन सक्नु हुनेछ । यो मेला १ महिना लागदै छ ।’ मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा भएको हो । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । मेलामा स्वदेशमा उत्पादित जुत्ता-चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता-चप्पल खरिद गर्न सकिने जानकारी व्यवसायी डिल्ली सुवेदीले दिए । उनका अनुसार, मेलामा विभिन्न  ब्राण्ड का झण्डै एक हजार  भन्दा बढी मोडलका जुत्ता-चप्पल उपलब्ध रहनेछन् ।

jj.jpg
undefined

एकै ठाउँमा विभिन्न मोडलका जुत्ता-चप्पल उपलब्ध हुने हुँदा ग्राहकलाई खरिद गर्न सहज हुने जानकारी पनि सुवेदीले दिए । मेलामा १५ देखि ७५ प्रतिशत छुटको व्यवस्था छ । पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल उपलब्ध हुनेछ । नेपालका चर्चित ब्राण्डका जुत्ता-चप्पल उत्पादन गर्दै आइरहेका स्टेप अन फुटवेयर प्रा.लि., कम्फर्ट लेदर सुज, मध्यपुर जुत्ता उद्योग, माता पाथीभरा देवी इन्टरप्राइजेज, न्यु फेमस सुज सेन्टर प्रा.लि, राज प्लाष्टिक उद्योग, ओसियन सुज, माता पाथीभरा देवी ग्रुप अफ इन्ड्रष्टिज प्रा.लि, Comfy लेडिज र सिटिजन्स सुज लगायत कम्पनीहरूको मेलामा सहभागिता रहेको छ । 

सम्बन्धित समाचार