काठमाडौं, वैशाख ७ । आज सुनचाँदीकाे मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम छ । यसअघि शक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
यता, आज चाँदीको मूल्य प्रतितोला १९ सय ८० रुपैयाँ कायम रहेको छ । यसअघि शक्रबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
