Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

गभर्नर नियुक्ति विवाद: रिटमाथि न्यायाधीश फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने

गभर्नर नियुक्ति विवाद: रिटमाथि न्यायाधीश फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने

अर्थ प्लस
गभर्नर नियुक्ति विवाद: रिटमाथि न्यायाधीश फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने

काठमाडौं, वैशाख ७ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको छ।

सरकारले गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रोकिपाउन ‘प्रतिषेध मिश्रित परमादेश’ माग गरी शुक्रबार पूरक रिट पेस गरेका थिए ।

यसअघि अधिवक्ताद्वय उप्रेती र थापाले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय (राष्ट्र बैंकसमेत) का पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ (दोस्रो संशोधन) मार्फत ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई समेत पदाधिकारी र सदस्य नियुक्त गर्न मिल्ने गरी भएको संशोधन खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार