Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न खातावालाहरुलाई कुमारी बैंकको आग्रह

राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न खातावालाहरुलाई कुमारी बैंकको आग्रह

अर्थ प्लस
राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न खातावालाहरुलाई कुमारी बैंकको आग्रह

काठमाडौँ, वैशाख ९ । कुमारी बैंक लिमिटेडले खातावालाहरुलाई राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै कुमारी बैंकमा सञ्चालनमा रहेको खातामा नेपाल राष्ट्र बैंकले गरेको अनिवार्य व्यवस्था बमोजिम राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण उपलब्ध गराउन बाँकी रहेको भए २०८१ माघ १ गतेपछि खोलिएका खाताहरुको हकमा २०८२ असार मसान्त अथवा खाता खुलेको मितिले ९० दिनभित्र अनिवार्य रुपमा अद्यावधिक गर्न आग्रह गरेको हो ।

उक्त समयसीमाभित्र परिचयपत्र उपलब्ध नभएको खण्डमा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नभएका खाताहरु रोक्का समेत राख्न सकिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार