Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

गभर्नर नियुक्तिविरुद्धको रिट आज पनि इजलासको पुछारमै पर्यो

गभर्नर नियुक्तिविरुद्धको रिट आज पनि इजलासको पुछारमै पर्यो

अर्थ प्लस
गभर्नर नियुक्तिविरुद्धको रिट आज पनि इजलासको पुछारमै पर्यो

काठमाडौँ, वैशाख ९ । गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न माग गर्दै परेको रिट र उक्त रिटमाथिको पूरक निवेदनको पेसी आज पनि इजलासको अन्तिममा राखिएको छ ।

यसअघि परेका दुवै पेशी इजलासको पुछारमै पर्दा हेर्न नभ्याउने भएको थियो। आजको पेशी पनि पुछारमै परेकाले पालो नआउने सभावना बढेको छ।

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा १७ औँ नम्बरमा तोकिएको हो । उक्त इजलासमा आज १९ वटा रिटमाथि सुनुवाइ हुँदै छ ।

गत चैत १८ गते अर्थ मन्त्रालयले सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र ‘मनोनयन सम्बन्धी मापदण्ड २०७३’  संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।

उक्त संशोधनविरुद्ध चैत ३१ गते सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले गत वैशाख २ गते तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अल्पकालीन आदेशका लागि आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

यसैबिच गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई नियुक्ति गर्न लागिएको चर्चापछि उनको नियुक्ति रोक्न माग गर्दै अधिवक्ताद्वयले गत शुक्रबार पूरक निवेदन दिएका थिए ।

सम्बन्धित समाचार